Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

कांग्रेसका वडा सचिवले आफ्नै मामालाई गरे कुटपिट !


  • Purbeli Press
  • बिहिबार, भाद्र ९ २०७९

उर्लाबारीमा नेपाली कांग्रेसका एक जना वडा सचिवले आफ्नै मामालाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्।

कुलोको पानी बाँडफाँटको विषयलाई लिएर बुधबार दिउँसो उर्लाबारी–६ का कांग्रेस वडा सचिव यादव आचार्यले उर्लाबारी–५ का भोला घिमिरेलाई कुटपिट गरेका हुन्।

पीडित घिमिरे नातामा आचार्यका मामा हुन्। कुटपिटबाट सख्त बनेका ५३ वर्षीय घिमिरेलाई उपचारका लागि अरनिको हस्पिटल उर्लाबारीमा भर्ना गरिएको छ।

उनको निधार, टाउको र हातमा चोट लागेको बताइएको छ। यता कुटपिटमा संलग्न कांग्रेसका वडा सचिव आचार्यलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।

प्रहरी हिरासतमा रहेका आचार्यका विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मिलन थापाले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार