Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ कारागारमै कैदीबन्दीको राष्ट्रिय परिचयपत्रको विवरण संकलन


  • Purbeli Press
  • मंगलबार, भाद्र ७ २०७९

विराटनगर : जिल्ला कारागार मोरङका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ ।
सोमबार कारागारमा रहेका ९ सय ६६ कैदीबन्दीको परिचयपत्रका लागि विवरण संकलन गरिएको हो ।

कारागारभित्र एक हजार ४४ कैदीबन्दी रहेपनि सबैसँग आवश्यक कागजात नरहेकाले पहिलो चरणमा ९ सय ६६ जनाको विवरण संकलन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञजीकरण विभागले जारी गरेको परिपत्रअनुसार कारागारभित्र कैदीबन्दीको विवरण संकलन गरिएको हो ।

मोरङमा २०७८ असोज पहिलो सातादेखि परिचयपत्रका लागि विवरण संकलन गर्न सुरु गरिएको थियो । हालसम्म जिल्लामा २ लाख २५ हजारभन्दा बढीको विवरण संकलन गरिएको दाहालले बताए ।

मोरङका १७ पालिकामध्ये ९ पालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने काम सम्पन्न भइसकेको छ । हालसम्म रतुवामाई, सुनवर्षी नगरपालिका र धनपालथान, जहदा, कटहरी, ग्रामथान, मिक्लाजुङ, केराबारी गाउँपालिकामा सम्पन्न भइसकेको छ भने उलार्वारी नगरपालिकामा विवरण संकलनको काम भइरहेको छ ।

बाँकी रहेका अन्य पालिकामा चाडैँ विवरण संकलनको काम सुरु गर्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार