Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बिमा रकम पाउने लोभमा आफ्नै टिप्परमा आगजनी !


  • Purbeli Press
  • मंगलबार, भाद्र ७ २०७९

विराटनगर : दाङमा बिमा रकम पाउने लोभमा चालक र सहचालकले आफूले चलाउँदै आएको टिप्परमा आगजनी गरेको खुलेको छ।

मंगलर बिहान बन्दको मौका छोपी चालक र सहचालकले टिप्परमा आगजनी गरेका हुन्।

घोराहीबाट लमही तर्फ जाँदै गरेको रा १ ख १६९४ टिप्परमा बिहान ४ बजेतिर बबई खोला पुलमा नजिकै आगलागी भएको थियो। सो विषयमा अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा चालक र सहचालकले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले बताए।

प्रहरीले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ।

उनीहरुले दुई दिनदेखि बनाउन दिएको टिप्पर बिहानै लगेर बिमाको रकम पाउन लोभमा आगजनी गरेको खुलेको काफ्लेको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित समाचार