Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदीप गिरिको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरू)


  • Purbeli Press
  • आइतबार, भाद्र ५ २०७९

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

शुक्रबार राति निधन भएका गिरिको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए।

पशुपति आर्यघाट लैजानुअघि  श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार