विराटनगर : आइतबार बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। सांसद प्रदीप गिरीको निधन भएका कारण श्रद्धाञ्जली, अन्त्येष्टिलगायत कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन्।
आइतबार बिहान ११ बजे बस्ने तय भएको बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामा उल्लेख छ। अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ।
