Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा आज रथयात्रा निकालिँदै


  • Purbeli Press
  • शनिबार, भाद्र ४ २०७९

विराटनगरमा भएको रथयात्राको फाइल तस्बिर

विराटनगर : कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको रथयात्रा आज दिउँसो ३ बजेबाट निकालिँदै छ ।

हरेक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडिको रथयात्रा निकाल्ने परम्परा छ । तर, पछिल्लो दुई वर्षदेखि कोरोना माहमारीका कारण रथयात्रा सामान्य खटयात्रामा सिमित थियो ।

विराटनगरमा वि.सं. २०२५ सालदेखि रथयात्रा निकाल्न सुरु गरिएको हो ।

विराटनगर १ मा रहेको राधाकृष्ण मन्दिर परिसरबाट सुरु गरेर रोडशेष चौक, बरगाछी चौक हुँदै मन्दिरमा पुरेर समापन गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार