Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

किड्स भिलेज स्कुल विराटनगरले विभिन्न कार्यक्रम गरी मनायो श्रीकृष्ण जन्म अष्टमी


  • Purbeli Press
  • शुक्रबार, भाद्र ३ २०७९

विराटनगर : विराटनगरको किड्स भिलेज स्कुलले विभिन्न कार्यक्रम गरी श्रीकृष्ण जन्म अष्टमी मनाएको छ । स्कुलले बिहिबार प्ले ग्रुपदेखि ६ कक्षासम्मका विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुले कृष्ण जन्मेको नाटक साथै गीत र नृत्य पनि प्रस्तुत गरेका थिए ।

यस्ता कार्यक्रमले कला, साहित्य र संस्कृतिको जर्गेना हुने बताउँदै स्कुलका अध्यक्ष मदन खतिवडाले विद्यार्थीहरुमा आत्मविश्वास बढ्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार