विराटनगर : धनकुटामा रुखले किचेर एक युवकको मृत्यु भएको छ। छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर वडा नम्बर ५ का २८ वर्षीय मनकुमार राईको मृत्यु भएको हो।
रुखलाई डोरीले तानेर अर्कोपट्टि ढाल्न छाड्दा खोज्दा आफैँतिर आएर लाग्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले सर्जिमिन मुजुल्का गरेर शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगेको धनकुटाका प्रहरी प्रवत्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।