विराटनगर : उदयपुरमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । उयपुरको ताप्ली गाउँपालिका १ मादलेका एक जनाको मृत्यु भएको हो ।
मादलेका ३५ वर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्ने क्रममा दहमा डुबेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक राईको शवलाई पोष्टमार्टमको लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।