Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सर्पदंशका कारण मोरङको सुनवर्षीमा एक जनाको मृत्यु


  • Purbeli Press
  • बिहिबार, भाद्र २ २०७९

Symbolic Photo

विराटनगर : मोरङको सुनवर्षीमा सर्पदंशका कारण एक जनाको मृत्यु भएको छ । सर्पदंशका कारण सुनवर्षी नगरपालिका ९ डाइनियामा बुधबार राति २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो ।

बाहिरबाट घर फर्कने क्रममा राति १२ बजेतिर उनको खुट्टामा सर्पले टोकेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले घरनिजकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर परिवारमा जानकारी गराएका थिए ।

परिवारले जानकारी पाएलगत्तै उपचारका लागि रङ्गेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार