Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि


  • Purbeli Press
  • बुधबार, भाद्र १ २०७९

विराटनगर : पछिल्लो २४ घण्टामा देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३८३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा ३२ जना संक्रमणमुक्त भएका छन्। हाल ५ हजार ४६२ जना सक्रिय संक्रमित छन्। आज काठमाडौं उपत्यकामा ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ललितपुरमा ५५ जना, भक्तपुरमा ६३ र काठमाडौंमा २६१ जना छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार