Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चाहिने समयमै पाइदैन यूरियाः पूर्वमा अभाव



विराटनगर । धान खेतीका लागि ओमानबाट मगाइएको युरिया मल आएपछि पनि पूर्वमा मलको अभाव हुने कृषकहरुले बताएका छन् ।
यति बेला युरिया मल लिनका लागि विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा कृषक सहकारीहरुको भिड लागेको छ । स्थानीय तहको सिफारिसमा प्रत्येक पालिकालाई छुट्याइएको कोटाका आधारमा सहकारी संस्थाहरुलाई युरिया मल वितरण गर्न थालिएको हो । प्रदेश नं १ का लागि छुट्याइएको सात हजार पाँच सय मेट्रिक टन युरिया मलमध्ये आइतवार सम्म तीन हजार आठ सय ६६ मेट्रिक टन युरिया मल आईपुगेको र सबै मल आई पुग्न अझै दुइ साता लाग्ने कृषि सामग्री कम्पनी लिमिटेडको स्टोर किपर होम प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
धान रोपेको १५ दिन पछि युरिया मल छर्नुपर्ने भएकाले ढिलै भएपनि अहिले युरिया आएको युरीया मलले कृषकहरुलाई केही राहत हुने मल वितरक सहकारी संस्थाहरुले बताएका छन् । पर्याप्त मल नपाएपनि युरिया मल पाउनु नै ठुलो कुरा भएको उनीहरुको भनाई छ । उनीहरुले एउटा सहकारीलाई ९० बोरा दिने गरेको तर किसानलाई त्यो मल पर्याप्त नभएको बताएका छन् ।
विराटनगरमा १० दिन अघि देखि नै युरिया मल आउन थालेको भएपनि ढुवानी भाडाको विषयमा कृषि तथा पशुपञ्क्षी मन्त्रालयले सम्बोधन गरेपछि जिल्ला–जिल्लामा युरिया मल पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ । विराटसमाचारबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार