विराटनगर : मोरङमा पानी जमेको खाल्डोमा डुबेर एक जना मृत फेला परेका छन् । डेरा गरी बस्दै आएका ६ वर्षीय बालकको शव मोरङको बूढीगंगा गाउँपालिका –३ गोकुवा चोकस्थित पानी जमेको खाल्डोमा मृत भेटिएको हो ।
सोमकार बिहान ६ वर्षीय अंकित रामको शव डुबेको अवस्थामा भेटिएको हो । मृत बालक भारतीय नागरिक हुन् ।
बालकको परिवार भारत देवरिया घर भई अभिभावकसँग गोकुवा चोकमा डेरा बस्दै आएका थिए।
शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।