प्युठानमा यात्रुवहाक जीप दुर्घटनामा परेको छ।
जिल्लाको नौबहिनी गाउँपालिका वडा नं ६ बाने बजार नजिकै जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
घाइतेहरुको परिचय खुलेको छैन। उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदै गरिएको छ।
नौबहिनी गाउँपालिकाको बागदुल्लाबाट दाम्री भन्ने ठाउँतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको हो।
जीप सडकबाट ३० मिटर तल खसेको छ। जीपमा ११ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।