विराटनगर : मोरङमा २७ हजार २२५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय मोरङका अनुसार डेढ महिनाको समयमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।
स्थानीय तहको निर्वाचनपश्चात असार १ गतेदेखि साउन १९ गतेसम्म निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको थियो ।
नयाँ थपिएका २७ हजार २२५ मतदातामध्ये पुरुष मतदाताको संख्या १३ हजार ८३९ रहेको छ । त्यस्तै १३ हजार ३८६ जना महिला मतदाता थपिएका छन् ।
सरकार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ ।