Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका विद्यालय बन्द


  • Purbeli Press
  • बुधबार, साउन २५ २०७९

विराटनगर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका विद्यालय बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै गाउँपालिकाले विद्यालय बन्द गरेको हो ।

गाउँपालिकाले मङ्गलबारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

शिक्षक र विद्यार्थीमा संक्रमण देखिन थालेपछि सतर्कता अपनाउँदै विद्यालय बन्द गरेको उनले बताए । ‘विद्यालय सबैभन्दा बढी भिडभाड हुने स्थल हो, त्यहीमाथि शिक्षक र विद्यार्थीलाई नै कोरोना देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गर्यौँ,’ उनले भने, ‘हाम्रो पालिकामा अहिले जिल्लौ सबैभन्दा बढी संक्रमण देखिएको छ ।’

५८ जना संक्रमित रहेको भोजपुरमा ५५ जना टेम्केमैयुङ गाउँपालिकाका छन् । ६ दिन पछि संक्रमणको दर हेरेर फेरी निर्णय गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार