Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कुनै चमत्कार भए मात्र प्रदेशको नाम सम्भव : मन्त्री आङ्बो


  • Purbeli Press
  • मंगलबार, साउन २४ २०७९

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नामाकरण अब नयाँ जनादेशबाट मात्रै हुने बताएका छन् ।

संसदीय पत्रकार मञ्चका पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आङ्बोले प्रदेशको यो कार्यकालमा नामाकरण सम्भव नभएको बताए ।

उनले दलहरूबिच सवांद हिनता टुटेका कारण अब नाम असम्भव भएको बताए । उनले भने, ‘अब प्रदेशको नाम आउन चमत्कार नै हुनुपर्छ अनि मात्रै यो कार्यकालमा नाम सम्भव छ ।’

अब नयाँ जनादेशबाट नै नाम आउने मन्त्री आङ्बोको भनाई छ । उनले प्रदेशको नामाकरण गर्न नयाँ जनादेश पर्खनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार