Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर छन् : प्रदीप ज्ञवाली


  • Purbeli Press
  • मंगलबार, साउन २४ २०७९

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्।

आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको थियो। सोही बमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन्।

दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी र पक्षधर दुवैथरी पार्टी रहेको भन्दै आलोचना गरेका थिए।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए। सोही निर्णयप्रति व्यङ्ग्य गर्दै एमाले उपमहासचिव ज्ञवालीले उक्त आलोचन गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार