विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिकाको सलकपुरमा ट्रकको कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ।
ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार एक पुरुषको शव भेटिएको हो।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार अन्दाजी ३०,३५ वर्षको पुरुषको शव ट्रकभित्र फेला परेको हो। शवको पहिचान भने नखुलेको मोरङ प्रहरीले जनाएको छ।