file photo
विराटनगर : नेकपा एमालेका महासचिव शंखर पोखरेलले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले गर्दा स्थानीय चुनावमा एमालले राम्रो नजिता ल्याउन नसकेको बताएका छन् ।
नेकपा एमाले मोरङले आयोजना गरेको कार्यकता प्रशिक्षणलाई सम्बोधन गर्दौ उनले चुनावको बेला पार्टीको कमिटिमा रहेकाहरु नै जिम्मेवार नभएको बताए । उनले भने, ‘मलाई जिम्मेवारी थिएन भन्दै नेताहरु आउने तर उनीहरु नै पार्टीको प्रदेश कमिटि सदस्य हुने, जिल्ला कमिटि सदस्य हुने तर जिम्मेवारी चाहीँ छैन् भन्ने । यस्तो प्रवृत्तिले एमालेलाई हानी पुर्याएको हो ।’
एमालेभित्र म उम्मेदवार हुँदा ठिक अरु उम्मेदवार हुँदा बेठिक भन्ने प्रवृत्ति हावी भएको बताउँदै पोखरेलले पार्टीभीत्र दक्षिणपंथि अवसरवाद हाबी हुन थालेको बताए ।
उनले पार्टीभीत्र युवा पंतिहरुको प्रवेश बढाउने तर्फ ध्यान दिनुपर्ने बताए । ‘२०४६ साल ताका एमालेका कार्यक्रमहरुमा सेता केश फुलेका मानिसहरु खोजेर मञ्चमा राख्नुपर्ने अवस्था थियो । तर अहिले युवाहरु खोजेर मञ्चमा राख्नुपर्ने अवस्था आउन थाल्यो । युवाहरुको प्रवेशलाई मुख्य लक्ष्य बनाउनुपर्नेमा जोड दिनुपर्छ,’ उनले भने ।
‘अनेरास्ववियु र युवा संघ हिजो पार्टीको एउटा बलियो खम्बा थियो । तर अहिले चुनावमा युवा परिचालनका नाममा त्यही समूह खर्चिलो बन्दै छ ।’ अनेरास्ववियु र युवा संघप्रति कटाक्ष गर्दै पोखरेलले भने ।
हरेक क्रान्तिपछि कुनै पनि मूलुकमा एउटा नेतृत्व कर्ता जन्मिने तर नेपालको २०६२/६३ को आन्दोलनपछि कांग्रेस, एमाले, माओवादी कसैले पनि जनताले नेतृत्व नदिएकोले त्यो नेतृत्व स्थापित गर्न पनि एमालेले यस पटक बहुमत ल्याउनुपर्ने बताए ।
कार्यक्रममा स्थायी समिति सदस्य डा. शिवमाया तुम्वाहाम्फे, भानुभक्त ढकाल, लालबाबु पण्डित र गुरु बरालले समेत पार्टीका विविध पक्षका बारेमा सम्बोधन गरेका थिए ।