विराटनगर : मोरङका एक जनप्रतिनिधिलाई बलात्कारको आरोप लागेको छ । बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलांगीमाथि बलात्कारको आरोप लागेको हो ।
उर्लाबारीकी २४ वर्षीय युवतीलाई बलात्कार गरेको उनीमाथि आरोप छ ।
आरोपित तोलांगी नेपाली कांग्रेसको तर्फबाट बेलबारी नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
पीडित पक्षले बेलबारी नगरपालिका–२ का २५ वर्षीय तोलांगीविरुद्धे शनिबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
तोलांगीविरुद्ध गत साउन १८ गते मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ मा रहेको सिंहदेवी जेफालेमा लगेर करणी गरेको आरोप छ । पीडित युवती विराटनगरको एक अस्पतालमा कार्यरत रहेको प्रहरीले बताएको छ ।
पीडित परिवारले प्रहरीमा जाहेरी दिएपछि आरोपित फरार रहेको मोरङ प्रहरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । उनले आरोपित तोलांगीको खोजी कार्य भइरहेको जानकारी दिए ।