विराटनगर : मोरङको पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजारबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् ।
शुक्रबार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।