इनरूवा । इनरुवा नगरपालिकामा कार्यरत ५७ जना कर्मचारीको करार सेवा सम्झौता नगर्ने निर्णय कायमै राखिएको छ ।
उनीहरुको करार सम्झौता नगर्ने बिरुद्द तीन सातादेखि आन्दोलन चर्काएकोमा इनरुवा नगरपालिकाले शुक्रबार विशेष नगर कार्यपालिका बैठक डाकेर पुरानै निर्णय कायमै रहने जनाएकोछ ।
नगरपालिकामा अरु थप २ सय १०जना कर्मचारी पनि करारमै कार्यरत छन् । ती कर्मचारीको पनि करार सम्झौता नवीकरण गर्ने÷नगर्ने विषयमा समिति बनाएर प्रतिवेदन पेस गरेपछि आवश्यक कदम चाल्ने कार्यपालिका बैठकले निर्णय गरेकोछ । कार्यपालिका बैठकमा सम्झौता नवीकरण नगरिएका करारका कर्मचारीलाई स्वरोजगारमुखी र आत्मानिर्भर बनाउने कार्यक्रम ल्याउन सकिनेमा गम्भीर छलफल भने चलेको थियो ।
इनरुवा नगरपालिकामा ठूलो संख्यामा करारमा कर्मचारी राख्दा नगरपालिकाले मासिक ठूलो रकम तलबमा मात्र खर्च गर्नु परेको छ। विराटसमाचारबाट