विराटनगर : झापाबाट भारत लैजान लागिएको अवैध एक सय ५० केजी सुपारी बरामद गरिएको छ । प्रहरीले झापाको मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउबाट १५० केजी सुपारी बरामद गरेको हो ।
बिहिबार बेलुका ईलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले सुपारी बरामद गरेको हो । बरामद गरेको सुपारी प्रहरीले मेची भन्सार कार्यालयमा बुझाएको छ ।