विराटनगर । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ।बैठक आज दिउँसो एक बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्नेछ।
बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ।हिजो बसेको पाँच दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए। त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन्।