Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सप्तकोसी कटान : श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ


  • Purbeli Press
  • बुधबार, साउन १८ २०७९

विराटनगर : सप्तकोसी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानिय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन ।

गए राती देखी परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भु–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन् ।

पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भईरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराएइको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार