Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सप्तकोशी कटान निरन्तरः त्रासमा तटीय क्षेत्रका बासिन्दा



बराहक्षेत्र । दुई दिनदेखि पहाडी जिल्लामा निरन्तर परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको वहाव बढ्दो छ।
पानीको वहाव बढेसँगै सप्तकोशी नदीले कटान गर्न थालेपनि तटीय क्षेत्रमा बसोबास गर्ने त्राहीमाम भएका छन् । सप्तकोशीमा पानीको वहाव बढेसँगै उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्रमा कटान थालेको छ।
कटानले सप्तकोशी नदी बेलका नगरपालिका वडा नं.८ डुम्रीबोटे नजिकै बस्तीतर्फ सोझिने खतरा बढेको छ । यसरी मानव वस्तीमा बाढी प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिकासहित सुनसरीको बराहक्षेत्र र सप्तरीसम्मका बस्ती उच्च जोखिममा पर्नेछन् ।
बेलका नगरपालिका वडा नं ८.मा त कोसी नदी वस्तीतर्फ सोझिएर पुरानो धारमा पस्ने अवस्था आउन सक्ने भएकाले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न थालि सकिएको छ । हुन त विगतको वर्षमा पनि सप्तकोशीले कटान गर्ने गथ्र्यो । तर, यस वर्ष भने नदी वस्तीतर्फ सोझिएकाले गाउँले बढी नै त्राहीमाम भएका हुन् । नियमनकारी निकायले रोकथामको काम गरेपनि सम्भव नभएको स्थानीयले बताएका छन् ।
नदी बस्तीतर्फ सोझिने खतरा बढेकैले बेलका नगरपालिका वडा नं। ३ का स्थानीयलाई पनि सुरक्षित स्थानतर्फ सर्ने तयारी भइरेको छ । नगरपालिकाले बाढी मानव वस्तीमा प्रवेश गर्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना सकुर्लर गरी सकेको छ।
यता, बराहक्षेत्र नगरपालिकाको वडा नं। ६ र ९ मा पनि सप्तकोशीले निरन्तर कटान गरि रहेको छ। उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र दुवैतिर कटान रोक्नका लागि केही दिन देखि दुवै नगरपालिका मिलेर रोेकथामका काम गरि रहेको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताउनुभयो ।
सप्तकोशीले अहिले कटान गरेको स्थानबाट बाढी मानववस्तीमा प्रवेश गरेमा उदयपुरको बेलका नगरपालिकाको वडा नं। १, २, ३, ८ र ९ का १ हजार ७ सय परिवारका २० हजार बढीको बसोबास जोखिममा पर्नेछ । सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिकाका वस्ती पनि जोखिममा पर्नेछन् । सुनसरीको बराहक्षेत्रसहित आसपासका क्षेत्रमा पनि क्षती पुग्नेछ । कटान नियन्त्रणका लागि भारतीय पक्ष सक्रिय भएपनि ढुक्क हुने अवस्था छैन् । सप्तकोशीले कुनै पनि बेला विनासलिला मच्चाउन सक्छ । अतः नेपाली पक्षका उच्च अधिकारीहरुले भारतीय पक्षसँग कटानको काम तिब्रता दिन थप पहल गर्नैपर्छ । विराटसमाचारबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार