Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सर्पको टोकाईबाट मोरङमा एक जनाको मृत्यु


  • Purbeli Press
  • मंगलबार, साउन १७ २०७९

Symbolic Photo

विराटनगर : सर्पको टोकाईबाट मोरङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ मृगौलियामा सर्पले टोकेर मंगलबार एक बालिकाको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सर्पको टोकाइबाट मृगौलियाका देवराज दाहालकी ३ वर्षीया छोरी समीक्षा दाहालको मृत्यु भएको हो ।

सर्पले समीक्षाको खुट्टामा टोकको हो । खुट्टाबाट रगत बगिरहेको र बेहोस भएको अवस्थामा उनलाई उपचारका लागि अभिभावकले सुनसरीको इटहरीमा नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लागेका थिए ।

सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि समिक्षालाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा मंगलबार बिहान १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार