Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भारत तस्कर हुन लागेको ३३५ केजी सुपारी बरामद


  • Purbeli Press
  • मंगलबार, साउन १७ २०७९

विराटनगर : झापाका दुई छुट्टाछुट्टै स्थानबाट अबैध रुपमा भारतमा तस्कर हुन लागेको ३३५ केजी सुपारी बरामद भएको छ । प्रहरीले मेचिनगबाट ३३५ केजी सुपारी बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले मेचीनगर नगरपालिका ६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाटै १६० केजी सुपारी बरामद गरेको जनाएको छ ।

बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार