Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको जहदाबाट ३६ केजी गाँजासहित एक जना पक्राउ


  • Purbeli Press
  • मंगलबार, साउन १७ २०७९

विराटनगर : मोरङको जहदा गाउँपालिकाबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गाउँपालिकाको हरिनगरा क्षेत्रबाट बिशेष सूचनाका आधारमा स्थानीय २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३६ केजी गाँजा सहित गुरुङलाई मंगलवार बिहान १ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रातको समयमा प्लास्टिकमा गाँजा प्याक गरेर सिमा क्षेत्रबाट भारत तर्फ लैजादै गरेको अवस्थामा गुरुङ पक्राउ परेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ। पक्राउ परेका गुरुङविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार