विराटनगर : उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिद्धिचरण राजमार्ग अन्तरगत कटारी नगरपालिका ४ मरुवामा आइतबार दिउँसो बस दुर्घटना भएको हो ।
सोलुखुम्बुको सल्लेरीबाट विराटनगरका आएको बा ३ ख २९५६ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बस चालक मोरङको विराटनगर महानगरपालिका ११ का ३० वर्षीय सरोज कुमार झा, रंगेली नगरपालिका–७ का ६० वर्षीय खड्क बहादुर भुजेल, कानेपोखरी नरपालिका–७ की ६० वर्षीया गंगा देबी भुजेल र सोही पालिकाकी ३६ वर्षीय धनमाया भुजेल घाइते भएका छन् ।
यस्तै ओखलढुङगा सिद्दिचरण नगरपालिका–१ का ५० वर्षीय टेकराज कोईराला, सोही पालिकाका ३२ वर्षीय युवराज कोईराला, ३८ वर्षीय यादब कुमार दाहाल, ओखलढुङगाको मोलुङ गाउपालिका–२ रामपुर का ३३ बर्षीय तेज प्रसाद नेपाल घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक मोहन थापाका अनुसार पाँचथरको फिदिम नगरपालिका–५ का २४ वर्षीय भुपेन्द्र पोखरेल, उदयपुर कटारी नगरपालिका ४ का ३२ वर्षीय तेज कुमार राई, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का २५ बर्षीय संजिव राउत र सिन्धुली फिकल गाउपालिका–४ का ७० वर्षीय जित बहादुर बिसुङखे घाइते भएका छन् ।
बस दुर्घटनामा घाइते भएका मध्ये पाँचथरको फिदिम नगरपालिका–५ का २४ वर्षीय भुपेन्द्र पोखरेलको अवस्था गम्भिर रहेको छ ।
घाईतेहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।