Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थप ६२० जनामा कोरोना संक्रमण, एकको मृत्यु


  • Purbeli Press
  • आइतबार, साउन १५ २०७९

विराटनगर : पछिल्लो २४ घण्टामा देशभर ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्‍यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

आज २९० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार