Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट अवैध सुर्ती बरामद


  • Purbeli Press
  • आइतबार, साउन १५ २०७९

विराटनगर : प्रहरीले विराटनगरबाट अवैध सुर्ती बरामद गरेको छ । विराटनगर १५ स्थित १ नम्बर ढाट छेउबाट शनिवार राती प्रहरीले १७ बोरा सुर्ती बरामद गरेको हो ।

भारतबाट तस्करी भएर आएको सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीले बरामद गरेको सुर्ती ५ सय ९५ केजी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको सुर्तीको मूल्य २ लाख ८९ हजार रहेको प्रहरीले जनाएको छ ।

बरामद गरेको सुर्ती थप कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार