आज (आइतबार) बिहान गएकाे भूकम्पपछि खाेटाङका अधिकांश विद्यालहरूले आजकाे पठनपाठन स्थागित गरेका छन्।
बिहान ८:१३ बजे गएकाे ६ रेक्टर स्केलकाे भूकम्पपछि पनि पराकम्पन आइरहेकाेले नानीबाबूकाे सुरूक्षाकाे लागि विद्यालय बन्द गरिएकाे हाे।
‘विहान गएको भूकम्पपछि पनि केही पराकम्पनको महशुस गरिएले हामीले आजको विद्यालय बन्द गरेर नानीबाबूहरूलाई घरमै सुरक्षित राख्न अभिभाकलाई भनेका छौँ,’ सदरमुकाम दिक्तेलकी शिक्षा प्रमुख माया श्रेष्ठले जानकारी दिइन्।