१५ साउन । मानव बेचविखन बिरुद्धका पर्चा सन्देश तथा भिडियो प्रदर्शन गरि अन्तराष्ट्रिय मानव बेचविखन बिरुद्धको दिवस सुनसरीमा मनाइएको छ । सुनसरीको कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा सनिबार घरदैलोमा गएर मानव बेचबिखन विरुद्धको विभिन्न पर्चा पम्मलेट वितरण गरि दिवस मनाइएको हो ।
औपचारिकता निभाउने कार्यक्रम नगरि कोकनले कार्यक्षेत्र भित्रका घर–घरमा पुगेर सन्देश प्रवाह गर्न यस्तो कार्यक्रम गर्न लागेको कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए ।

मानव बेचविखन तथा ओसार पसार बिरुद्धको पालिका स्तरिय अभियानकर्मीले कोकन सुनसरीको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिका भित्रका २ सय १० घरमा मानव बेचविखन बिरुद्धका सन्देश प्रवाह गरेका थिए । यस्तै मानव बेचबिखन विरुद्धको भिडियो प्रर्दशन समेत गरिएको संयोजक पौडेलले बताए ।
कोशी गाउँपालिकाको वडा नम्वर ८ भण्टाबारी सिमामा र बराहक्षेत्र नगरपालिकाको वडा नं.४ मा घरदैलो कार्यक्रम गरिएको कोकनका कार्यक्रम संयोजक पौडेलले बताए । ।कोकनले शुरु गरेको मानव बेचविखन बिरुद्धको अभियान सुनसरीमा प्रभावकारी बन्दै गएको स्थानीयवासीले बताएका छन् ।