Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट १५६ केजी गाँजा बरामद, चालक पक्राउ


  • Purbeli Press
  • शनिबार, साउन १४ २०७९

विराटनगर : सशस्त्र प्रहरीले बन्दा बोकेर भारत जान लागेको ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको छ ।

प्रहरीले विराटनगरबाट प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लुकाएर लिएर जान लागेको १५६ केजी (६ बोरा) गाँजा बरामद गरेको हो ।

गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राई पक्राउ परेका छन् । सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा लोड गरेर भारततर्फ लैजाने क्रममा पक्राउ परेको हो ।

शुक्रबार राति भारत तर्फ हिडेको ट्रक चेकजाँच गर्दा सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले गाँजा बरामद गरेको हो ।

मिनी ट्रकबाट ६ बोरा गाँजा बरामद गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ । मिनी ट्रकमा ४६ बोरा बन्दा थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार