Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ


  • Purbeli Press
  • शुक्रबार, साउन १३ २०७९

आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

लोकराजले पारो प्रहार गर्दा उनकै बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार