Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट काठमाडौँ उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी


  • Purbeli Press
  • शुक्रबार, साउन १३ २०७९

विराटनगर : विराटनगरबाट काठमाडौँ उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएपछि यात्रुहरुलाई ओरालिएको छ । ६० जना यात्रु लिएर काठमाडौँ उड्न लागेको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा खराबी आएको हो ।

शुक्रबार बिहान ७ः३० बजे काठमाडौं प्रस्थान गर्ने तयारी गर्दैगर्दा खराबी आएपछि जहाजलाई विराटनगर विमानस्थलमै राखिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले जानकारी दिए । उनका अनुसार उक्त जहाज हिजो बेलुका मात्रै काठमाडौँबाट विराटनगर आएको हो ।

यात्रु चढिसकेपछि जहाज बिग्रिएपछि काठमाडौँबाट अर्को जहाज बोलाएर यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउने कुवरले बताए । उनले काठमाडौँबाट प्रविधिकको टोली बोलाएर समस्या समाधान गर्ने जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार