Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एसईई उत्तिर्ण विद्यार्थीलाई एभरेष्ट स्कुल विराटनगरले गर्‍यो अभिनन्दन


  • Purbeli Press
  • बिहिबार, साउन १२ २०७९

विराटनगर : विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले माध्यामिक शिक्षा परिक्षा (एसईई) उत्तिर्ण विद्यार्थीहरुलाई अभिनन्दन गरेको छ । स्कुलले बिहिबार एक कार्यक्रमको आयोजना गरी उत्तिर्ण विद्यार्थीहरुलाई अभिनन्दन गरेको हो ।

एसईईको परिक्षाफल प्रकाशित भएको भोलिपल्ट नै विद्यालयले एभरेष्ट एजुकेसन फाउण्डेसन अन्तर्गतको एभरेष्ट कलेजको सभाहलमा विद्यार्थीहरुलाई अभिनन्दन गरिएको हो । एभरेष्ट स्कुलबाट १ सय ८२ जनाले एसईई परिक्षा दिएका थिए ।

परिक्षा दिएका सबै विद्यार्थीहरु उत्कृष्ट जीपिएका साथ उत्तिर्ण भएको एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताए । उनका अनुसार कोरोनाको महामारीका कारण अध्ययन अध्यापनमा परेको प्रतिकुल प्रभावका बिच विद्यार्थीहरुले ल्याएको परिणाम उत्कृष्ट भएको छ ।

उनले विद्यार्थीहरुलाई आ–आफ्नो रुचि अनुसारको उच्च शिक्षा हासिल गर्न सुझाव दिँदै एभरेष्ट स्कुलले सिकाएको सीप, संस्कार र प्रविधिलाई अधिकतम उपयोग गर्दै अघि बढ्न आग्रह गरे । उनले भने, हामी चाहन्छौं, तपाईंहरुको उज्जवल भविष्य होस्, र हरेक क्षेत्रमा तपाईहरुले अब्बल भएर देखाउनुहोस् ।’

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) का निवर्तमान अध्यक्ष समेत रहेका पुरीले राष्ट्रिय परिक्षा बोर्डले समयसापेक्ष परिक्षा लिन नसक्दा विगतको तुलनामा रिजल्ट खस्केको बताए।

प्रश्नपत्र तयार गर्दा न्यूनतम सिकाई उपलब्धिको मूल्याङ्कन नगरि प्रश्नपत्र तयार पारिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार