विराटनगर : मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार दिउँसा् सुनसरीको धरान उपमहानगरपालिका ८ का ४० वर्षीय सन्तोष मानन्धरलाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मानन्धरलाई नाईट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।