Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दाउन्नेमा बस पल्टेर आगलागी, २१ यात्रु घाइते


  • Purbeli Press
  • बुधबार, साउन ११ २०७९

नवलपरासी (पूर्व)को दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको छ।

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए। उनका अनुसार बसमा ३१ जना जना सवार थिए।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ। अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार