Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट भन्सार छली गरी ल्याएको अवैध सामान बरामद


  • Purbeli Press
  • बुधबार, साउन ११ २०७९

विराटनगर : प्रहरीले मोरङको विराटनगर महानगरपालिका १६ स्थित दरैयाबाट अवैध लत्ताकपडा र खाधान्न बरामद गरेको छ ।

मंगलबार बेलुका साढे ७ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो ।

अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको मे १ च २२८६ नम्वरको मारुती भेनसहित कपडा र खाद्यान्न बरामद गरेको प्रहरीले जनाएको छ । बरामाद गरेको सामान करिव ५ लाख १३ हजार ७ सय मुल्य बरावरको रहेको मोरङ प्रहरीले बताएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ७६ बजार ९ सय बरावरको खाधान्न र कपडा बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार