Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ


  • Purbeli Press
  • सोमबार, साउन ९ २०७९

विराटनगर : मोरङको उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले आइतबार बेलुका उर्लाबारी नगरपालिका २ झण्डी चौकबाट प्रतिबन्धित औषधीसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उर्लाबारी २ का २० बर्षीय विवेक धिमाल रहेका छन् । अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले धिमाललाई प्रतिबन्धित औषधी Tramadol ६0 capsule र Spaspain ६0 Tablet सहित पक्राउ गरेको हो ।

पक्राउ परेका धिमाललाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार