Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको जहदाबाट एक ट्याक्टर मदिरा बरामद


  • Purbeli Press
  • सोमबार, साउन ९ २०७९

विराटनगर : मोरङको जहदा गाउँपालिकाबाट एक ट्याक्टर मदिरा बरामद भएको छ । भारत तस्करी हुन लागेको एक ट्याक्टर मदिरा मोरङ प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले जहदा गाउँपालिका १ कालाबंजरमा नेपालबाट भारत तर्फ तस्करी हुन लागेको १५० कार्टुन रक्सी बरामद गरेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार आइतबार बेलुका ७ बजे प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरसहित मदिरा नियन्त्रणमा लिएको हो । बरामद गरेको रक्सीको मुल्य १ लाख ३५ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देख्नसाथ फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको रक्सी आबश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार