Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु


  • Purbeli Press
  • आइतबार, साउन ८ २०७९

पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।

लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका १७ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ।

२३ जना सवार बस दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे रिब्दिकाेट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिइन्।

घाइते १७ जनालाई पाल्पास्थित तानसेन अस्पतालमा लगिएकाे अधिकारीले बताइन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार