विराटनगर : उदयपुरमा बोलेरो दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित दुई जना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिका–७ चिसापानीमा आइतबार बिहान बोलेरो दुर्घटना हुँदा दुईजना घाइते भएका हुन् ।
तीन जना सवार रहेको प्रदेश ३–०१–०१०२३ च ५८ नम्वरको जीप अनियन्त्रित भइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी मोहन थापाले जानकारी दिए ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई र चालक सोही पालिका वडा नम्बर १ का ३२ वर्षे झमक विक घाइते भएको थापाले जानकारी दिए ।
घाइते दुवैको जिल्ला अस्पताल उदयपुरमा समान्य उपचारपछि काठमार्डौ पठाएको डीएसपी थापाले बताए । ‘घाइते दुबै जनाको अवस्था सामान्य छ,’ थापाले भने, ‘उहाँहरुले आफैले काठमाडौँ जाने भनेपछि हामीले एम्बुलेन्स खोजेर पठाएका छौँ ।’