Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापा र मोरङमा पानीमा डुबेर ३ जनाको मृत्यु


  • Purbeli Press
  • आइतबार, साउन ८ २०७९

विराटनगर : झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर तीजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजेबाट हराएका झापा कमल गाउँपालिका-४ बस्ने शंकरदेव श्रेष्ठ शनिबार बिहान माछा पोखरीमा मृत अवस्थामा भेटिएका थिए ।

त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका ९ भेडुवाथान बस्ने दीलिप सुतियारका ३ वर्षीय छोरा राहुल सुतियार शनिबार बेलुका ५ बजे घरबाट हराएकोमा आफन्तहरूले घरनजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटेका थिए । उद्धार गरी रंगेली अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको छ ।

उता झापाको मेचीनगर नगरपालिका – १२ धाईजन का ७३ वर्षीय डम्बरबहादुर गुरुङ शनिबार बिहान ९ बजे घरनजिकै खेतमा लडी टाउको हिलोमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार