विराटनगर : मोरङमा भारतीय कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका – २ गंगाचौकमा भारतीय कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएका हो ।
कन्टेनरको ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का करिब २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक परियार र राईको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवै जानलाई नियन्त्रणमा लिएको छ ।