Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पैनीमा डुबेर पथरीकी एक बालिकाको मृत्यु



विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पैनीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
पथरी ९ स्थित सगरमाथा चोक नजिकै पैनी डुबेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेले जनाएको छ । कार्यालयका अनुसार बिहान तेह्रथुमको छथर गाउँपालिका ३ घर भई कोठा भाडामा बस्दै आएका कुमार लिम्बूकी १९ महिने छोरी स्नेहा लिम्बू पैनीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् ।
बिहानै घरको आँगन खेल्ने क्रममा घर देखी ५० मिटरको दुरीमा रहेको पैनीमा डुबेको अवस्थामा स्थानीय भिमप्रसाद ढुङ्गानाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
डुबेको देखेपछि स्थानीयले पैनीबाट निकाल्दा बालिकाको मृत्यु भइसको भेटिएको कार्यालयका प्रमुख डिएसपी वेदप्रसाद गौतमले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार