Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

२४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • Purbeli Press
  • मंगलबार, साउन ३ २०७९

नेपालमा बितेको २४ घण्टामा ३५७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३५७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

आज एक हजार ८५७ जनाको आरटीपिसिआर परीक्षणमा २६८ र एक हजार ५०० जनाको एन्टीजेन परीक्षणमा ८९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको कोभिड-१९ दैनिक विवरणमा उल्लेख छ । अहिले देशका विभिन्न जिल्लाहरूमा एक हजार ९८२ सक्रिय सङ्क्रमित रहेका छन् भने आज ६२ जना निको भएका छन् ।

आज काठमाडौंमा ११९ जना ललितपुरमा ३० जना, मोरङ्मा २३ जना, कास्कीमा २१ जना सङ्क्रमण पुष्टि हुँदा अन्य जिल्लाहरूमा एक अंक (९ वा सो भन्दा कम) मा मात्र सङ्क्रमण देखिएको हो ।

प्रदेशगत रुपमा हेर्ने हो भने प्रदेश १ मा ४३ जना मधेश प्रदेशमा ४ जना बागमती प्रदेशमा १७४ जना, गण्डकीमा २९ जना लुम्बिनीमा १२ जना कर्णालीमा १ जना र सुदूरपश्चिममा ५ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार